काठमाडौं । विश्वकपमा स्विडेनले विजयी सुरुवात गरेको छ । आज भएको खेलमा उसले एसियाली प्रतिद्वन्द्वी दक्षिण कोरियालाई १–० गोलअन्तरले हराएको हो ।
खेलको ६५औं मिनेटमा पाएको पेनाल्टीलाई स्वडेनका डिफेण्डर आन्द्रेस ग्रान्भिस्टले गोलमा परिणत गरेका थिए ।
त्यही गोलले स्वीडेन विजयी भयो । ६२औं मिनेटमा कोरियाली डिफेण्डर किम मिन वोले स्वीडेनका भिक्टर क्लेसोनलाई डिबक्सभित्र फल गरेको भिडियो असिस्टेन्ट रेफ्रीबाट प्रमाणित भएपछि स्वीडेनले पेनाल्टीको अवसर पाएको हो ।
विश्वकप अन्तर्गत आजै बेल्जियम र पानामा पौने ९ बजे तथा राति पौने १२ बजे ट्युनिसिया र इंग्ल्याण्ड आमने सामने हुँदैछन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
