विश्वकप हेर्न गएका मानिसहरुको भीडका ट्याक्सी कुदेपछि…

रुसमा जारी विश्वकप खेल हेर्न आएका मानिसहरुको भीडमा ट्याक्सी कुदेको छ । उक्त दुर्घटनामा आठ जना घाइते भएका छन्।

रुसको राजधानी मस्कोमा शनिवार एक ट्याक्सी फुटबल हेर्न हिडेका सर्वसाधरणको भीडमा कुदेको थियो।

Advertisement

खेल हेर्नका लागि जाँदै गरेका सर्वसाधरणको बीचमा तेज रफ्तारमा आएको अनियन्त्रित ट्याक्सीले रेड स्कवायरमा घुसेको थियो। रुसी मिडियाका अनुसार यस हादसामा मेक्सिकोका दुई, रुसका दुई र युक्रेनका कम्तिमा दुई नागरिक घाइते भएको जनाइएको छ। अनियन्त्रित रुपमा ट्याक्सी चालकलाई नियन्त्रणमा लिइएको छ।

More News last news
Loading...