४ मिनेटपछि आइसल्याण्डले फर्कायो बराबरी गोल ✍️ नयाँपुस्ता डटकम २ असार २०७५, शनिबार १९:२० विश्वकप फुटवलमा अर्जेण्टिनासँग खेलिरहेको आइसल्याण्डले बराबरी गोल फर्काएको छ। १९ औ मिनेटमा गोल खाँदै पछि परेको आइसल्याण्डले त्यसको ४ मिनेटपछि गोल फर्काएको हो। Advertisement आइसल्याण्डका जोहानवर्गको क्रसमा अल्फ्रेड फिनबोगासेनले गोल फर्काएका हुन्। अर्जेण्टिनाका लागि सर्जियो अगुइरोले गोल गरेका थिए।