काठमाडौं । रसियामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत शुक्रबार दोस्रो दिनको दोस्रो खेलमा मोरक्कोको आत्मघाती गोलले इरान विजयी भएको छ।
इन्जुरी समयमा मोरक्कोबाट आत्मघाती गोल भएको हो। सुरुआती समयमा मोरक्को टिम इरानमाथि हाबी थियो। मोरक्कोलाई हराएको इरान समूह बि मा ३ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ।
अधिकांश समय बल नियन्त्रणमा लिएको मोरक्कोका अजिज बोहादुज ले ९४ मिनेटमा आत्मघाती गोल गरेपछि एसियाली मुलुक इरानले पहिलो जित हात पारेको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
