यी हुन् विश्वकप हेर्न जान पाउने ४० जना नेपाली, साइत जुराइदियो कोकाकोलाले

रसियामा जारी फिफा विश्वकप हेर्न मौका ४० जना नेपालीले पाउने भएका छन् ।‘कोक खाम् रसिया जाम्’ अभियानका विजेता आज रसिया जाने भएका छन्।

बालाजुस्थित बोटलर्स नेपाल लिमिटेडमा आज कोकाकोलाले अभियानका विजेता ४० नेपाली उपोभोक्तालाई रसिया जानका लागि विदाइ गरेको छ ।

Advertisement

उक्त अभियान अन्तर्गत ४० भाग्यशाली विजेतालाई रसिया गई फिफा विश्व कप हेर्ने ऐतिहासिक अवसर प्रदान गरिएको थियो। ४० विजेतालाई २ टोलीमा विभाजन गरिएको छ।

जसमध्ये २० जनाको टोली पहिलोचरणमा उड्ने भएको छ। विजेताले १६ जुन अर्थात असार २ गते हुने अर्जेन्टिना र आइसल्यान्डबीचको म्याच हेर्न पाउने छन्।

More News last news
Loading...