काठमाडौं । रसियाका गोल युरी गाजिन्स्कीको नाममा दर्ता भएको पहिलो गोल विबादमा परेको छ । हेड गर्ने क्रममा युरीले साउदी अरबका डिफेन्डरलार्इ धकेलेका कारण उक्त गोललाई विबादित रुपमा समेत ब्याख्या गर्ने कोशिस गरिएको छ ।
युरीको धकेलाइबाट साउदी अरबका डिफेन्डर पोल छेउमा लड्न पुगेको दृश्यले समेत अहिले चर्चा बटुलीरहेको थिए। दुवै खेलाडी डिबक्स रहँदा यो घटना घटेको हो ।
सम्वेदनशील अवस्थामा रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री ९भीआरए० को निर्णय लिएर अन्तिम निर्णय दिनुपर्नेमा सोझै गोलको निर्णय दिएको भन्दै साउदीका सर्मथकहरुले आपत्ती जनाएका छन् । खेल सुरु भएको १२ औं मिनेटमा रुसका ८ नम्बरका खेलाडी युरी गाजिन्स्कीले हेडमार्फत गोल गरेर सुरु गरेको गोलको वर्षा पाँचौ गोलसम्म पुग्दा साउदीलाई निकै दबाबमा राखेर रुसका लागी पहिलो हाफको ४३ औँ मिनेटमा रुसका लागि डेनिस चेरिसेवले दोस्रो गोल गरेका थिए ।
उनले साउदी अरेबियाका तीन जना डिफेन्डरलाई छक्याउँदै बललाई जाली चुमाएका थिए । त्यस्तै ७९औँ मिनेटमा सब्स्टिच्यूट खेलाडीका रुपमा मैदान प्रवेश गरेका आर्तेम जुबाले मैदान प्रवेश गरेको एक मिनेटमै गोल गर्दै रुसलाई ३–० को अग्रता दिलाएका थिए ।
त्यसपछि पनि हाभी भएको रुसले खेलको ९१ औँ मिनेटमा डेनिस चेरिसेभले चौथो र अन्तिम समयमा आएर फ्रि किक मार्फत अलेक्जेन्डर ग्लोभीनले पाँचौ गोल गर्दै आफ्नो जादुमयी खेल देखाउँदै नतिजा आफ्नो पक्षमा पार्न सफल भएको हो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
