एजेन्सी । फुटबलका महान खेलाडी पेले २१ औं संस्करणको फिफा विश्वकपका लागि रसिया पुगेका छन् ।
पेलेको स्वागत गर्न रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन आफै विमानस्थल पुगेका छन् । जुन १४ बाट जुलाई १५ सम्म रसियामा हुने विश्वकप हेर्नका लागि आइतबार पेले रसिया पुगेका हुन् ।
७८ वर्षीया पेले रसिया विश्वकपमा विषेश अतिथिका रुपमा रसिया पुगेका हुन् । पेलेले ब्राजिललाई तीन विश्वकपको ट्रफी दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
सन् १९५८, १९६२ र १९७० मा ब्राजिलले ट्रफि उचाल्दा पेले ब्राजिलको टिमका मुख्य खेलाडी थिए । ह्विलचेयरमा रसिया पुगेका पेलेलाई अर्जेन्टिनाबाट मुख्य अतिथिका रुपमा रसिया आएका डिएगो म्याराडोनाले सम्मानका साथ अंकमाल गर्दै चुमेका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
