अझै घट्यो सुनको मूल्य, आजको मुल्य कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य थप घटेको छ । आज सुन तोलामा थप दुई सय रुपैयाँ घट्दै प्रतितोला ५८ हजार चार सय रुपैयाँमा झरेको छ ।

हिजो सुन प्रतितोला ५८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

सुनको मूल्य घटिरहँदा चाँदीको मूल्य भने यथावत नै छ ।

आज पनि चाँदी सात सय ६५ रुपैयाँमा नै कारोबार भइरहेको छ । हिजो पनि चाँदी सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

More News last news
Loading...