नेपालले पायो एक दिवसीय क्रिकेट टिमको मान्यता

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले नेपाललाई एक दिवसीय टिमको वरीयतामा समावेश गरेको छ।

आइसीसीकाअनुसार शुक्रबार (आज)देखि लागू हुने गरी नेपालसहित नेदरल्यान्ड्स, स्कट्ल्यान्ड र संयुक्त अरब इमिरेट्स (युएई)लाई एक दिवसीय टिमको वरीयतामा समावेश गरिएको छ।

Advertisement

आइसीसीले शीर्ष १२ टिमको वरीयतालाई विस्तार गरी उक्त संख्या १६ पुर्‍याएको छ।

नेपालसहित नेदरल्यान्ड्स, स्कट्ल्यान्ड र युएईले अब खेल्ने एक दिवसीय खेललाई आइसीसीले वरीयता निर्धारणका लागि मान्य हुने खेलकारुपमा समावेश गरेको छ।

नेपालले सन् २०१८ को फेब्रुअरीमा सम्पन्न आइसीसी क्रिकेट विश्वकप छनोट प्रतियोगिताको शीर्ष तीनमा स्थान पक्का गरेपछि एसोेसिएट राष्ट्रकारुपमा एक दिवसीय मान्यता पाएको हो।

More News last news
Loading...