प्रेमीलाई ६५ हजार मेसेज, भनिन् तिम्रो रगतले नुहाउँछु

प्रेममा मानिसहरु कतिसम्म पागल हुन्छन् भन्ने कुरा अमेरिकाकी एक युवतीले प्रमाणित गरेकी छिन्।

पहिलो डेटिङपछि एक युवकको प्रेममा पागल भएकी युवतीले एकतर्फी प्रेममा परेर ती युवकलाई एक वर्षको अवधिमा ६५ हजार मेसेज पठाइन्। उनले पठाएका कतिपय मेसेजहरु निकै अनौठा तथा धम्कीयुक्त पनि थिए।

Advertisement

एरिजोनाको फोनिक्सकी बासिन्दा ३१ वर्षीया ज्याकलिन एडेसलाई प्रहरीले गत मे ८ मा पक्राउ गर्यो । उनीमाथि धम्क्याएको, दुव्र्यवहार गरेको तथा आक्रमणको प्रयास गरेको लगायत अभियोग छ।

आफूमाथिको अभियोगका विषयमा एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै उनले आफूलाई ती पुरुषसँग डेटिङ गएपछि साँचो जीवनसाथी भेटेको र अब बिहे गरेर घरबार गर्नुपर्ने सोँचाई आएको बताइन्। उनले लक्जी नामक अनलाइन डेटिङ साइटमा ती पुरुषसँग चिनजान गरेर डेटिंग गएकी थिइन्।

आफूले उक्त पुरुषलाई निकै माया गर्ने र आफूलाई कुनै स्वार्थ नरहेको उनले बताइन्।

तर उनले पठाएका कतिपय मेसेजहरु निकै आपत्तिजनक थिए । जसमा उनले लेखेकी थिइन्, मलाई छाड्ने कोसिस नगर… मारिदिन्छु… म हत्यारा बन्न चाहन्नँ… आदि।

साथै उनले आफू नयाँ हिटलर भएको र पुरुषको रगतले नुहाउन चाहेको भन्ने खालका मेसेज पनि पठाएकी थिइन्।

गत वर्षदेखि उनले दिनमा ५ सय वटासम्म मेसेज पठाउने गरेकी थिइन्। तर गत महिनादेखि उनी निकै उग्र बनिन्।

एकदिन उनी एक्कासी ती पुरुषको घरभित्र छिरेर उनको बाथटवमा नुहाइन्। साथै उनले पुरुषको अफिसमा गएर आफू उनको पत्नी रहेको बहाना पनि पारिन्। एजेन्सी

More News last news
Loading...