आज चाँदीको मूल्य घट्यो, सुनको मूल्य झन् बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य पुनः बढेको छ । आज सुन तोलामा एक सय रुपैयाँ बढ्दै प्रतितोला ५८ हजार आठ सय पुगेको छ । सुन हिजो ५८ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य बढ्दा आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला सात सय ६५ रुपैयाँमा झरेको छ । हिजो चाँदी प्रतितोला सात सय ७० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

More News last news
Loading...