फेरी घट्यो सुनको मूल्य, आजको बजारभाउ कति ? हेर्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य तोलामा थप दुई सय रुपैयाँ घटेको छ।

हिजो सुन प्रतितोला ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ५८ हजार सात सय रुपैयाँ कायम भएको छ।
हिजो मात्रै सुन तोलामा तीन सय रुपैयाँले घटेको थियो।

Advertisement

चाँदीको मूल्य आज यथावत छ। हिजो मात्रै तोलामा १० रुपैयाँ घटेर प्रतितोला सात सय ७० मा झरेको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

More News last news
Loading...