काठमाडौँ । आईपीएल क्रिकेटको उपाधि चेन्नई सुपरकिंग्सले जितेको छ । आइतबार राति भएको फाइनलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नई तेस्रोपटक आईपीएलको च्याम्पियन बनेको हो।
आईपीएलमा २ वर्षको प्रतिबन्धपछि आएको चेन्नईलाई विजयी बनाउन शेन वाटशनले नटआउट १ सय १७ रन बनाए । विष्फोटक व्याटिङ गरेका वाटसनले मात्र ५७ बलमा ८ छक्का र ११ चौकाको मद्दतमा १ सय १७ रन बनाए।
सुरेश रैनाले ३२ तथा फाप डु प्लेसिसले १० रनको योगदान गरेपछि १ सय ७९ रनको लक्ष्य चेन्नईले खेल सकिन ९ बल बाँकी हुँदै भेट्टाएको थियो।
मुम्बईमा टस हारेर पहिले व्याटिङ गरेको हैदरावादले ७ विकेट गुमाउँदै १ सय ७८ रन बनाएको थियो। हैदरावादकालागि केन विलियम्सनले ४७ रन बनाए भने युसुुफ पठान ४५ रनमा नट आउट रहे । यससँगै, चेन्नईले आईपीएलको यही सिजनमा हैदरावादलाई ४ पटक पराजित गर्याे।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
