समयमा काम नसक्ने ठेकेदारहरु धमाधम पक्राउ

दाङ : तोकेको समयमा निर्माणको काम पूरा नगरेको भन्दै दाङमा दुईजना निर्माण व्यवसायी पक्राउ परेका छन् ।

२०७१ सालदेखि निर्माण सुरु भएको घोराही र तुलसीपुरको चार लेन सडक निर्माणको जिम्मा पाएका दुई निर्माण व्यवसायीलाई बिहीबार पक्राउ गरिएको हो ।
दाङका प्रहरी प्रमुख दुर्गा सिंहले घोराहीको सडक र केही पुल निर्माणमा ढिलासुस्ती गरेको भन्दै निर्माण व्यवसायी पदम शर्मालाई घोराहीबाट पक्राउ गरिएको बताउनुभयो ।

Advertisement

त्यसैगरी, तुलसीपुर सडक निर्माणमा ढिलासुस्ती गरेको भन्दै निर्माण व्यवसायी प्रकाश महतरालाई तुलसीपुरबाट पक्राउ गरिएको पनि सिंहले जानकारी दिनुभयो ।
जिल्लामा निर्माणको काममा ढिलासुस्ती गर्ने ३५ भन्दा बढी योजनाहरु रहेको पाइएको छ भने अन्य निर्माण व्यवसायीहरुको पनि सूची तयार पारेर खोजी कार्य तीव्र पारिएको प्रहरी प्रमुख सिंहले बताउनुभयो ।

More News last news
Loading...