काठमाडौं । बालबालिका, लैंगिक हिंसा विरुद्ध विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको जनचेतना नेपाल नामक एक संस्थाले दर्शकहरुलाई चेतनामुलक चलचित्र प्रदर्शन प्रदशन गरेको छ ।
हालसालै राजधानीमा आयोजित एक कार्यक्रममा उक्त संस्थाले चेतनामुलक चलचित्र प्रदर्शन गर्नुका साथै बालबालिका, लैंगिक हिंसा विरुद्ध सचेतना गोष्ठी सम्पन्न गरेको हो ।
आफूहहरुले प्रदर्शन गरेको उक्त चलचित्रले वालवालिकाहरुमा हुने लैगिक हिंसा रोकथाम सम्वन्धि सन्देश दिएको र चलचित्रका माध्यमबाट लैगिक हिंसा कम हुने विश्वास लिएको संस्थाका अध्यक्ष बालकृष्ण निरौंलाले जानकारी दिए । 
कार्यक्रममा चलचित्र लेखक, निर्देशन परिवर्तन नेपालका केन्द्रीय अध्यक्ष मोहन निरौला, नेपाल सास्कृतिक संघका केन्द्रीय अध्यक्ष तिर्थ थापा, चर्चित कलाकार काली सेढाई, महासचिव शिवशंकर रिजाल, टेलिभिजन कलाकर्मी मंचका बरिष्ठ उपाध्यक्ष श्री थापा, महासचिव उज्वल केसी, निर्माता समाजसेवी राजेस विसुराल, चलचित्र निर्देशक योगेश घिमिरे, लगायत बक्ताहरुले जनचेतना नेपालले गरेका चेतनामूलक कामको प्रशंशा गर्दै समाज निर्माणमा उल्लेखनीय भुमिका खेलोस् भन्ने शुभकामना दिएका थिए ।
उक्त संस्थाले विगत ४ बर्षदेखि बिभिन्न क्षेत्रमा जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
