काठमाडौं । आइपीएलमा जादुमय खेल देखाएका १७ बर्षिय नेपाली खेलाडी सन्दिप केही समयपछि काठमाडौं आइपुग्नेछन् ।उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ४ बजे अवतरण गर्ने भएपछि उनको स्वागतको लागी भब्य तयारी गरिएको छ ।
एक महिनामा नै विश्वभरी करोडौं फ्यान बढुल्न सफल सन्दिपले आइपीएलका अन्तिम ३ खेलमा पाएको मौकामा जादुमय प्रदर्शन गरेका थिए ।आईपीएलका लागि गत २७ मार्चमा भारत गएका सन्दिप आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी हुन् । उनलाई दिल्ली डेयरडेबिल्सले २० लाख भारुमा अनुबन्ध गरेको थियो ।
सन्दीपले आईपीएलमा उत्कृष्ट प्रदर्शन गर्दै ३ खेलबाट ५ विकेट लिए । रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्धको डेब्यु खेलमा प्रभावकारी प्रदर्शन गर्दै ४ ओभरमा मात्र २५ रन खर्चेर सन्दीपले १ विकेट लिएका थिए । त्यस्तै, चेन्नई सुपर किंग्सविरुद्धको खेलमा ४ ओभरमा २१ रन खर्चेर १ विकेट लिए ।रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्धको डेब्यु खेलमा प्रभावकारी प्रदर्शन गर्दै ४ ओभरमा मात्र २५ रन खर्चेर सन्दीपले १ विकेट लिएका थिए ।
त्यस्तै, चेन्नई सुपर किंग्सविरुद्धको खेलमा ४ ओभरमा २१ रन खर्चेर १ विकेट लिए । अन्तिम खेलमा साविक विजेता मुम्बई इन्डियन्सविरुद्ध सन्दीपले महत्वपूर्ण ३ विकेट लिन सफल भएका थिए ।उनी जेट एयरवेजको विमानबाट विमानस्थलमा अवतरण गर्ने बताइएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
