काठमाडौं । पाकिस्तानकी एक प्रहरी अधिकारी आजकल खुबै चर्चित भइरहेकी छन् । लाहौरकी प्रहरी अधिकारी अनूश मसूद चौधरी यसरी चर्चित भएकी हुन् ।
उनको सुन्दरताले नै उनलाई चर्चित बनाएको हो । खैबर पख्तूनख्वा प्रान्तकी पहिलो महिला असिस्टेन्ट सुपरिटेन्डेन्ट अफ पुलिस हुन् उनी ।
अनूशले एमबीबीएस सकेकी छन् । प्रहरीमा भर्ती हुनुअघि उनी चिकित्सक थिइन् । उनी मेडिसिनमा गोल्ड मेडलिस्ट हुन् ।
सन् २०११ मा सीसीएसमा छानिएपछि उनको तालिम एबोटाबादको प्रहरी तालिम केन्द्रमा भयो । त्यसपछि उनको पहिलो पोस्टिङ लाहौरमा भयो ।
अनूश अहिले लाहौरमा केन्ट डिभिजनमा क्राइम इन्भेस्टिगेसन डिपार्टमेन्टमा काम गरिरहेकी छन् । उनका पति पनि प्रहरीमै छन् ।
पाकिस्तान प्रहरीमा जम्मा ०.८९ प्रतिशत महिला छन् । धेरैभन्दा धेरै महिलाहरू प्रहरी बनून् भनेर उनले प्रहरी फोर्समा आएको बताएकी छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
