काठमाडौं । इन्डियन प्रिमियर लिगमा दिल्ली डेयरडेभिल्समा खेल्ने मोका पाएका सन्दीपले आफूलाई प्रमाणित गसिकेर संसार भरका मानिसका आखामा पर्न सफल भउका छन् ।
आइतबार दिल्लीको अन्तिम खेलमा ३६ रन खर्चेर ३ विकेट लिँदै टिमलाई जित मात्र दिलाएनन्, मुम्बई इन्डियन्सको अघिल्लो यात्रामा पूर्णविराम लगाउन महत्वपूर्ण भूमिका खेले ।
१७ वर्षीय सन्दीपको बलिङबाट सबै प्रभावित भए ।यसै सिलसिलामा सन्दीपलाई खेलाउन किन ढिला गरियो रु भन्ने प्रश्नमा बोल्दै प्रशिक्षक रिकी पोन्टिङले भनेका छन् ।
सन्दीपको प्रतिभामा हामीलाई शंका थिएन । तर, हामीसँग राबाडा, क्रिस मोरिस, ग्लेन म्याक्सवेल जस्ता अनुभवी खेलाडी थिए । त्यसैले विदेशी कोटामा सन्दीपलाई अटाउन गाह्रो भयो ‘हामीले विगत ८(९ हप्तादेखि उनलाई नियालिरहेका छौं ।
उनी हरेक दिन बिहानदेखि बेलुकासम्म नथाकिकन बलिङ अभ्यास गरिरहन्थे र उनको अनुहारमा मुस्कान कहिल्यै पनि टुट्दैनथ्यो ।
यस्ता युवा खेलाडीहरु देख्दा असाध्यै खुशी लाग्छ ।’ हामी सन्दिपको लामो र सफल आईपीएल करिअरको आशा गरिरहेका छौं ।’भन्दै उनले आईपीएलमा उदाएका केही प्रतिभावान युवा खेलाडीमा सन्दीप पर्ने स्पष्ट पारेका हुन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
