साबधान ! बजारका आँप खाँदै हुनुहुन्छ ? डाक्टरको सल्लाह यस्तो छ

काठमाडौं । कार्बाइड प्रयोग गरी पकाइएका आँप, लिचीलगायतका फलफूल नखान डाक्टरहरुले सुझाव दिएका छन्।

आँप तथा लिची प्राकृतिक तरिकाले पाक्ने समय नभए पनि बजारमा छ्याप्छ्याप्ती आउन थालेको भन्दै डाक्टरहरले औषधि प्रयोग गरेर पकाइएका त्यस्ता फलफूल खाँदा होसियारी अपनाउनुपर्ने सुझाव दिएका छन्।

Advertisement

वरिष्ठ फिजिसियन डाक्टर वासुदेव पाण्डेले कार्बाइड प्रयोग गरी पकाइएका फलफूल पहेँलो पाकेको जस्तो देखिए पनि यस्ता फलफूलले तत्कालीन र दीर्घकालीन रुपमा असर गर्ने बताउनुभयो।

तत्कालीन रुपमा झाडापखाला लाग्ने, मुखमा घाउ हुने, ग्यास्ट्रिक हुने, एलर्जी हुने, घाउ हुने लगायतका समस्या देखा पर्छ । दीर्घकालीन रुपमा भने कलेजो, छालाको समस्या हुने र धेरै मात्रामा खाँदा क्यान्सरको समेत खतरा हुने डाक्टर पाण्डले बताउनुभयो।

औषधि प्रयोग गरी पकाइएका फलफूल खानै पर्ने भएमा कम्तीमा पनि १० देखि १२ घण्टा पानीमा डुबाएर र बोक्रा ताछेर खानुपर्ने डाक्टर पाण्डेको सुझाव छ।

More News last news
Loading...