काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य थप घटेको छ। आज सुन तोलामा थप तीन सय रुपैयाँ घट्दै प्रतितोला ५८ हजार चार सय रुपैयाँमा पुगेको छ। हिजो सुन प्रतितोला ५८ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य भने आज यथावत छ। आज चाँदी प्रतितोला सात सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीमा हिजो मात्रै तोलामा पाँच रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
