काठमाडौँ । आर्यघाटमा मृत्युवरणका लागि आईपुगेका काभ्रे स्थायी घर भई हाल जडिबुडी बस्दै आएका ७४ वार्षीय कृष्णबहादुर खड्का आर्यघाटबाट घर फर्केका छन्।
ग्लोबल अस्पताल ग्वार्कोमा आकस्मिक विरामीका रुपमा उपचारार्थ भर्ना भएका खड्कालाई २४ घण्टाको स्वास्थ्य परिक्षणपछि अस्पतालले अन्तिम घडिको संज्ञा दिँदै आर्यघाट लान भन्यो।
त्यस लगत्तै उनका परिवार सहित ५० भन्दा बढि आफन्त मलामीको रुपमा पशुपतिको आर्यघाट आईपुग्दा विरामी खड्काले आँखा खोलेर पशुपतिनाथसंग प्रार्थाना गरेर होसमा आएको उनका भतिज जीवन खड्काले बताए।
होस खुलेका खड्काको त्यहाँ स्थित पशुपतिनाथ आर्यघाट स्वास्थ्य सेवा केन्द्रका वैद्यद्वारा आयुर्वेदिक उपचारपछि पूर्ण रुपमा स्वस्थ भएको र हाँसीखुशी घर फर्किएको आर्यघाट स्वास्थ्य केन्द्रका वैद्यराज सुर्वण वैद्यले बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
