डिभी चिठ्ठाको नजिता आज (नतिजा हेर्ने तरिकासहित)

काठमाडौँ । अमेरिकाले प्रदान गर्दै आएको डाइभर्सिटी भिसा (डिभी चिठ्ठा) को नतिजा आज (मंगलबार) सार्वजनिक हुने भएको छ।

अमेरिकाको डिभी कार्यक्रम अन्तर्गत सन् २०१७, अक्टोवर १८ देखि नोभेम्भर २२ सम्म भरेको डिभी लोटरीको रिजल्ट आज सार्वजनिक हुन लागेको अमेरिकी सरकारको आधिकारीक वेवसाइट डिभीलोटरी डट स्टेट डट जिओभीले जनाएको छ।

Advertisement

अमेरिकी सरकारको आधिकारीक वेवसाइटका अनुसार आज मध्यान्न १२ बजे नतिजा सार्वजनिक हुनेछ। नतिजा हेर्न डिभी चिठ्ठा भर्दा पाएको नम्बर, थर र जन्ममिति उल्लेख गर्नुपर्ने हुन्छ।

दूतावासले डिभी भरेकाहरुलाई आफ्नो रिजल्ट डिभीलोटरी डट स्टेट डट जिओभी (https://www.dvlottery.state.gov) मा हेर्न आग्रह गरेको छ।

डिभीका लागि छनौट भएका व्यक्तिहरूलाई ईमेल वा पत्राचार मार्फत जानकारी नगराइने भन्दै दूताबासले जालसाजीपूर्ण ईमेल र चिट्ठीबारे होशियार रहन अपील गरेको छ।

 

More News last news
Loading...