किशोरी एकाएक पुरुष भएपछी, जिउमा दुइवटै यौनांग

तपाइँलाई पत्यार नलाग्न सक्छ । यो कुनै चमत्कार जस्तै लाग्नसक्छ । साँच्चीकै एक व्यक्तिको सरीरमा चमत्कार नै भयो भन्दा हुन्छ । चिकित्सा विज्ञानको भाषामा सरीरको हर्मोनमा भएको असाधारण परिवर्तनका कारण जन्मेदेखि १५ वर्षसम्म केटी रहेकी एक व्यक्ति १७ वर्षको हुँदा पूरै केटा बनिन् ।

यो अनौठो घटना भारतमा भएको हो । भारतको पश्चिम बंगालस्थित आसनसोलकी एक किशोरी कुनै शल्यक्रिया वा कृत्रिम उपचार विना नै एकाएक दुइ वर्षमा पुरुषमा बदलिइन् । यो विषयमा डाक्टरहरु समेत केही बढि भन्ने अवस्थामा छैनन्।

Advertisement

स्थायी ठेगाना झारखण्डस्थित बोकारो जिल्लाको गोमिया ब्लक रहेकी ती किशोरी पछिल्लो समयमा आफ्ना बुवासँग पश्चिम बंगालमा बस्दै आएकी थिइन्। केटीबाट केटा बनेका हामिया नाज नामका ती व्यक्तिका मामा शाहिद इकवालका अनुसार उनी १५ वर्षको भएदेखि सरीरमा बदलाव सुरु भएको थियो।

उनी अहिले १७ वर्षकी भैसकेकी छिन् र उनी अहिले महिला छैनिन् पुरुष भैसकेकी छिन् । उनले आफ्नो नाम पनि बदलिसकेकी छिन् र उनको नाम सरवर हैदर राखिएको छ । यो चमत्कारी परिवर्तनको कारण आफ्नो पहिचान स्थापित गर्न उनलाई निकै संघर्ष गर्नुपर्यो।

हामिया नाजले जब प्रवेशिका परीक्षा दिइन् तब उनको उमेर १५ सालको थियो । जब प्रवेशिका परीक्षा उत्तीर्ण गरेर ११ कक्षामा भर्ना लिने समय भयो भर्नाको बेलामा हामिया नाज उर्फ सरवर हैदरलाई निकै कठिनाई भयो । स्कुलमा भर्ना गर्नका लागि स्कुलका कर्मचारीले उनलाई मेडिकल बोर्डबाट आफ्नो पहिचान प्रमाणित गर्न आग्रह गरे ।

त्यसपछि सिभिल सर्जनको रेखदेखमा मेडिकल बोर्ड नै गठन गरेर उनको जाँच गराइयो । जाँच टोलीका अनुसार १५ वर्षसम्म उनको सरीरमा महिलाकै यौनांग थियो र शारीरिक बनावट समेत महिलाकै जस्तो थियो । १६ औँ वर्षबाट उनमा बदलाव आयो र पुरुष यौनांग विकशित हुन लाग्यो । उनले पिसाब फेर्दा समेत नयाँ पलाएको लिंग र पूरानो योनी दुबैबाट आउन लाग्यो।

मेडिकल बोर्डमा रहेका डाक्टर एके सिंह र डाक्टर निकेत चौधरीका अनुसार हर्मोन उत्सर्जनका समस्याका कारण यस्तो अस्वभाविक शारीरिक परिवर्तन हुन्छ । उनको हर्मोनको जाँचको रिपोर्ट आइसकेपछि यसबारेमा सही रुपमा पुष्टि हुने चिकित्सकहरुले बताएका छन्।

More News last news
Loading...