काठमाडौं । टुरिजम डेभलपमेन्ट बैंक मेगा बैंकमा गाभिएको छ ।
आइतबार काठमाडौंमा एक कार्यक्रमकाबीच टुरिजम डेभलपमेन्ट बैंक मेघा बैंकमा गाभिएर मेगा बैंक नेपालको नामबाट एकीकृत कारोबार सुरु गरिएको हो । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले दुवै बैंकको एकीकृत कारोबारको शुभारम्भ गर्नुभयो।
दुई बैंक गाभिएपछि बैंकको चुक्ता पूँजी ९ अर्ब २९ करोड पुगेको छ । त्यसैगरी बैंकको निक्षेप ५७ अर्ब ५५ करोड रुपैंयाँ पुगेको पनि बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेलीले जानकारी दिनुभयो।
गाभिनु अघि मेगा बैंकको चुक्ता पूँजी ७ अर्ब ३७ करोड र टुरिजम डेभलपमेन्ट बैंकको चुक्ता पूँजी २ अर्ब १ करोड रुपैयाँ रहेको थियो ।
गाभिएपछि बैंकको शाखा कार्यालय ९१ वटा पुगेका छन । प्रमुख कार्यकारी अधिकृत खुन्जेलीले बैंकले सबै स्थानीय तहमा आफ्नो शाखा विस्तार गर्ने योजना बनाएको पनि बताउनुभयो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
