काठमाडौं । नेपाली बजारमा केही दिनदेखि निरन्तर सुनको मूल्य बढिरहेको छ । आज पनि सुनको मूल्य तोलामा एक सय रुपैयाँ बढ्दै प्रतितोला ५९ हजार तीन सय रुपैयाँ पुगेको छ । शनिबार सुन प्रतितोला ५९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने आज यथावत नै छ। आज पनि चाँदी सात सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
