एउटा यस्तो द्वीप जहाँको मुद्रा हो ढुङ्गा

मानिसहरुले वर्षौंदेखि पैसाको प्रयोग खरिद बिक्री र कारोबारका लागि गर्दै आएका छन्। एक समय थियो जब महँगा रत्नमा कारोबार हुने गर्दथ्यो । मानिसहरु मोती, हिरा, पन्नालगायतका रत्नसँग सरसामान साट्थे।

त्यसपछि सिक्काको चलन सुरु भयो । सुन–चाँदी, तामा, काँस र आल्मुनियमका सिक्कालाई प्रत्येक साम्राज्य र सभ्यताले स्विकार्यो।

Advertisement

जब मुगल राजा हुमायूँको ज्यान एक पानी पिलाउने व्यक्तिले बचाए तब हुमायूँले उनलाई एक दिनका राजा बनाए ।

तब उनले हिन्दुस्तानमा छालाको सिक्काको चलन भित्र्याए ।

सिक्काका साथै नोटको चलन पनि सुरु भयो । सबैभन्दा पहिले चीनमा नोट छापिएको थियो ।

औद्योगिक क्रान्तिपश्चात् यूरोपको औपनिवेशिक शक्तिले नोटको चलनलाई धेरै नै महत्व दियो ।

तर के तपाईंले पैसाको रुपमा ठूल्ठूला ढुङ्गाको प्रयोग बारे सुन्नुभएको छ ?

छैन नी !

त्यसो भए आज हामी तपाईंलाई उक्त स्थानबारे जानकारी दिँदै छौं जहाँको मुद्रा ढुङ्गा हो । यो वर्षौं अघिदेखि चलनचल्तीमा थियो र अहिलेसम्म पनि छ ।

ढुङ्गाको सिक्का चल्ने द्वीपः

यसका लागि तपाईं प्रशान्त महासागरको माइक्रोनेशिया इलाकामा जानुपर्छ । यहाँका थुप्रै स-साना द्वीपमध्येको एक यप द्वीपमा कूल ११ हजारको जनसंख्या छ।

तर यसको चर्चा यस्तो छ कि ११ औं शताब्दीमा इजिप्टका एक राजाले यप द्वीपको बयान गरेका छन्।

यस्तै, चर्चित युरोपेली यात्री मार्को पोलोले १३ औं शताब्दीमा लेखेको आफ्नो किताबमा पनि यसबारे बताएका छन् ।

यद्यपी, यी दुबैमा यपको नाम भने लेखिएको छैन । तर दुबै साहित्यमा एउटा यस्तो स्थानबारे वर्णन गरिएको छ जहाँको मुद्रा ढुङ्गा हुने गर्दथ्यो ।

जब तपाईं यप पुग्नुहुन्छ तब तपाईंले घना जंगल र दलदलयुक्त जमिन देख्नुहुन्छ ।

दिनभरीमा एउटा मात्र फ्लाइट छ जुन यपको सानो विमानस्थलमा अवतरण हुन्छ ।

विमानस्थलबाट बाहिर निस्कए लगत्तै तपाईंले ढलेका साना–ठूला ढुङ्गा देख्नुहुन्छ ।

ढुङ्गाको बीचमा प्वाल हुन्छ ता कि यसको ओसारपसारमा सहज होस् । यप द्वीप भरी यस्ता साना ठूला ढुङ्गा तपाईं यत्रतत्र देख्नुहुन्छ।

यो द्वीपको माटो दलदल छ। यहाँ चट्टान छैन । तर पनि ढुङ्गाको यो मुद्रा शताब्दीदेखि छ । यसको सुरुवात कहिले भयो, त्यो कसैलाई थाहा छैन।

More News last news
Loading...