एजेन्सी । आज बलिउड अभिनेत्री सोनम कपूरको लामो समय देखिका प्रेमी आनन्द आहुजाका साथ विवाह भइरहेको छ ।
सोनमको विवाह बलिउडमा यो वर्षको ठूलो विवाह हो । सोनम रातो र सुनौलो रंगको लेहंगामा सजिएकी छिन् । रातो रंगको लेहंगामा रातो घुम्टी ओढेकी सोनमको लेहंगा कमलको फूलले सजाइएको छ ।
सोनमको सुन्दर लेहंगाको डिजाइन अनुराधा वाल्कीले गरेकी हुन् । सोनम सुन्दर पहिरनका साथ पारम्पारिक गहनामा सजिएकी छिन् ।
दुलहीको यो पहिरनमा सोनम कपूर अति सुन्दर देखिएकी छिन् । 
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
