काठमाडौं । संगठनको मर्यादाविपरित सामाजिक सञ्जाल फेसबुकमा बर्दीसहितको फोटो पोस्ट गरी जथाभावी लेखेको आरोपमा एक प्रहरीले जागिर गएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीमा दरबन्दी रही सोही कार्यालयमा कार्यरत प्रहरी जवान दिपेन्द्र बहादुर चन्द फेसबुकमा जथाभावी लेखेको अभियोगमा जागिरबाट हटाइएका हुन् । संगनको गरिमामा आँच आउने र विभिन्न गैरजिम्मेवारपूर्ण लेखहरु फेसबुकमा पोस्ट गरेको अभियोगमा प्रहरीले उनलाई जागिरबाट हटाएको हो ।
कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले वैशाख २१ गते (शुक्रवार) प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी चन्दलाई जागिरबाट हटाइएको जानकारी गराएका छन् ।
चन्दलाई वैशाख १५ गते साँझ ६ बजेदेखि १० बजेसम्म सेती अञ्चल अस्पताल लाइनमा पिकेट डिउटीमा खटाउँदा समेत उनी डिउटीमा नगएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । चन्दले भने फाँटमा बस्न पाउन पर्ने माग गर्दै प्रहरी महानिरीक्षक लाई निवेदन गरेको बताएका छन् । चन्दले केही समय अगाडि आईजीलाई निवेदन दिएपछि जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वीरबहादुर बुढामगरले आफूमाथि कुटपिट गरेको आरोप समेत लगाएका थिए ।
आफू योग्य हुँदा हुँदै पनि कार्यालय भित्रको फाँटमा बस्न नदिइ फिल्डमा मात्रै खटाइएको गुनासो गर्दै केही दिन अगाडि चन्दले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई पत्र पठाएका थिए ।
जागिरबाट हटाईएको पत्र :

जवानले लेखेको पत्र :

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
