२८ सालमा ब्याहेको गाईले अहिले सम्म दुध दिन सक्दैन् ः प्रवक्ता थापा

 

राष्ट्रवादी विद्यार्थी संघका केन्द्रिय प्रवक्ता रविन थापाले ०२

राष्ट्रवादी विद्यार्थी संघका केन्द्रिय प्रवक्ता रविन थापा

८ सालमा बनेको शिक्षा नीतिले नेपालको शैक्षिक गुणस्तर वृद्धि नहुने बताए ।

उनले देशको शैक्षिक अवस्थाको गुणस्तर वृद्धि नहुनुमान शिक्षा नीति नै गलत भएको कुरा गर्दै २८ सालमा ब्याहेको गाईले अहिले सम्म दुध दिन सक्दैन् भन्ने बताए ।

????????????????????????????????????

आज राष्ट्रिवादी विद्यार्थी संघको आयोजनामा सञ्चालित संगठन विस्तार तथा क्यालेण्डर विमोचन कार्यक्रममा आफनो भनाई राख्दै उनले भने, नेविसंघ, अनेरा स्ववियू र अखिल (क्रान्तिकारी) का विद्यार्थी नेताहरुले आफनो छोराछोरी संस्थागत विद्यालयमा पढाउँने र संस्थागत विद्यालयकै विरोध गरि भित्री रुपमा चन्दा आंतक समेत मच्चाउँदै आएको आरोप समेत लगाए ।

राष्ट्रवादी विद्यार्थी संघका केन्द्रिय अध्यक्ष लेलिन शर्मा

भाषणमा नेपालका सामूदायिक विद्यालयको स्तर उन्नती गर्नको लागि अभियान सञ्चालन गर्नुपर्छ भन्ने तर सोही विद्यालयमा अध्यापन गराउँने शिक्षकहरुलाई राजनीति गर्नको लागि सडकमा छोडेवा साडे जस्तै स्वतन्त्र रुपमा छोड्ने नेपालको शैक्षिक नीतिले गर्दा समग्र राष्ट्रको शिक्षाको अवस्था खस्कदै गएको प्रवक्ता थापाले बताए ।

राष्ट्रवादी विद्यार्थी संघका केन्द्रिय प्रवक्ता रविन थापा
सोही कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी एराप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द लोहनीले विद्यार्थीहरु भनेका परिवर्तनका सम्वाहक हुन् र समयलाई मध्य नजर गर्दै पार्टीको सिद्धान्तलाई गहिरिएर अध्ययन गरि अगाडी बढ्न आवश्यक रहेको बताए । कार्यक्रममा पार्टी उपाध्यक्ष तारानाथ लुईटेलले राष्ट्रवादी हुन सजिलो र राष्ट्रवादी भएर बाच्न गाह्रो छ भन्ने बताए ।

यस्तै गरि कार्यक्रममा आफनो धारणा राख्दै पार्टीका महामन्त्री श्याम तिमिल्सेनाले पार्टीको मूल्य मान्यताका साथ सिद्धान्तलाई मध्ये नजर गर्दै राष्ट्रिय हितमा लाग्नुपर्ने बताए ।
कार्यक्रममा राष्ट्रवादी विद्यार्थी संघका केन्द्रिय अध्यक्ष लेलिन शर्माले विद्यार्थी भनेको जिम्मेवारीलाई काधमा राख्दै अभाव र चुनौतीलाई पैदला मुनी राखेर अगाडी बढ्ने संघर्षशील वर्ग हो । हामीले राष्ट्रिय हितलाई ध्यानमा राख्दै समग्र विद्यार्थीहरुको हकहितको लागि बुलन्द तवरले आवाज उठाउँदै आएका छौ भन्ने कुरा बताए ।

सो कार्यक्रममा राष्ट्रवादी विद्यार्थी संघ प्रकाशन विभागद्धारा प्रकाशन गरिएको क्यालेण्डरको विमोचनका साथै संगठनमा नयाँ पदाधिकारी मनोनयन समेत गरिएको हो । राष्ट्रवादी विद्यार्थी संघको महामन्त्रीमा विवेक श्रेष्ठ, सहमहामन्त्रीमा नगेन्द्र भण्डारी र केन्द्रिय सदस्यहरुमा क्रमशः भरत बहादुर सिंह, अर्जुन रिजाल, युवक थापा र सन्दिप पाठक रहेका छन् ।

 

More News last news
Loading...