आफैंले गोली हान्न लगाएको खुलासापछि आचार्य श्रीनिवास पक्राउ

काठमाडौं । केही दिनअघि गोली लागि घाइते भएका धर्मगुरु श्रीनिवास आचार्य पक्राउ परेका छन् ।

आचार्य विदेश जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् ।

Advertisement

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत जान लागेका उनलाई केही दिनअघि आफैमाथि भएको गोलीकाण्डमा आफ्नै हात रहेको आशंकामा पक्राउ गरिएको प्रहरी श्रोतले जनाएको छ ।

उनीमाथि चैत २५ गते मोरङमा गोली प्रहार भएको थियो ।

More News last news
Loading...