रियाल, दिनार र रिंगिटको मूल्य बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार रियाल दिनार र रिंगिटको मुल्य बढेको छ । विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ४५ पैसा र विक्रिदर २८ रुपैयाँ ६१ पैसा रहेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ०७ पैसा र विक्रिदर २७ रुपैयाँ २३ रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ९१ पैसा र विक्रिदर ९ रुपैयाँ ९७ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ५४ रुपैयाँ ०८ पैसा छ भने विक्रिदर ३ सय ५६ रुपैयाँ ०७ पैसा रहेको छ ।

Advertisement

कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ३० पैसा र विक्रिदर २९ रुपैयाँ ४७ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ०४ पैसा र विक्रिदर २९ रुपैयाँ २३ पैसा तोकेको छ । बहराइन दिनार एकको खरिददर २ सय ८२ रुपैयाँ ९१ पैसा र विक्रिदर २ सय ८४ रुपैयाँ ५० पैसा रहेको छ ।

More News last news
Loading...