चलचित्र खेल्नु पुर्व प्रियंका यस्तो काम गर्थिन् !

बलिउड देखी हलिउड सम्म नाम कमाएकी नायिका हुन् प्रियंका चोपडा । सकरात्मक होस् या नकरात्मक वास्ता नगर्ने बानी भएकी चोपडा, मिस इन्डिया वल्र्डको ताज जितेपछि चर्चामा आएकी हुन् । यी पूर्वविश्व सुन्दरीले सन् २००२ मा बनेको तमिल चलचित्र ‘थामिजान’बाट अभिनय यात्रा सुरु गरेकी थिइन् ।

चलचित्रमा प्रवेश गर्नु पुर्व प्रियंकाले के काम गर्थिन् त ? एक दमै थोरैलाई थाहा होला उनी के गर्थीन् त ? हालै युएस म्यागेजिनलाई दिएको अन्तर्वार्तामा आफ्नो जीवनको पहिलो जागिरबारे खुलासा गरेकी छिन् । उनले आफूले पहिलोपटक बरफ फुटाउने काम गरेको बताएकी छिन् । मोडलिङमा आउनुअघि उनले एउटा कम्पनीमा बरफ फुटाएर टुक्राटुक्रा पार्ने काम गरेका बताएकी छिन् ।

Advertisement

प्रियंका झन्डै १० वर्षपछि सलमान खानसँग ‘भारत’ नामक चलचित्रमा अभिनय गर्दै छिन् । उनी र सलमानले सन् २००८ मा ‘गड तुस्सी ग्रेट हो’ चलचित्रमा सँगै अभिनय गरेका थिए । पछिल्लो समय उनी अमेरिकी टिभी सिरिज ‘क्वान्टिको’मा व्यस्त छिन् ।

More News last news
Loading...