जापानमा सुतिरहेको अवस्थामा एक नेपालीको निधन

जापान । जापानमा एक नेपाली साथीहरुसंग सुतिरहेको अवस्थामा निधन भएको छ।

पोखरा लेखनाथ महानगरपालिका घर भई हाल चिवामा बसोबास गरि एफ. हिरोताकी लिमिटेड कम्पनीमा कार्यरत २८ वर्षीय राजु केसी क्षेत्री (विवस) को विहानी पख निधन भएको पुष्टि भएको हो ।

Advertisement

रातीको १२ बजे साथीसंग सुतेका केसी मे महिनाको ४ तारिख विहान ८:४५ तिर उठाउन खोज्दा नउठेपछि संगै सुत्ने साथीले प्रहरीलाई खबर गरि एम्बुलेन्स बोलाउदा बितिसकेको जानकारी गराएको थियो।

सन् २०१४ मा जापान प्रवेश गरेका केसी टोकियो युनिभर्सिटी अफ सोसियल वेलफेर जापानीज स्कुलमा २ वर्ष अध्ययन सकी सनसाईन सेन्मोन गाक्कोउमा २ वर्षे अध्ययन पश्चात कम्पनीमा काम सुरु गरेका थिए।

केसी केहि महिना अघि विवाह गरि जापान फर्किएका थिए । केसीको शव प्रहरी चौकीमा अनुसन्धानका लागि लगिएको छ। एनआरएनए कान्तो क्षेत्रीय समितिका संयोजक नविन निउरे सो घटना बारे बुझ्न घटना स्थल पुगेका थिए।

More News last news
Loading...