भारतीय दुध कम्पनीले नेपालमा प्लान्ट खोल्ने, नेपाल डेरी ब्यवसाही त्रसित

काठमाडौं– भारतीय दुध कम्पनी आमुलले नेपालमा प्लान्ट खोल्ने विषयले नेपालका डेरी व्यवसायीमा तरंग सृजना गरेको छ ।  आमुल डेरीले नेपालमा प्लान्ट खोले नेपालका सम्पूर्ण डेरी व्यवसाय बन्द गर्ने चेतावनी व्यवसायीले दिएका छन् ।

नेपाल डेरी एसोसियसनका अध्यक्ष रामकृष्ण सापकोटाले नेपाल सरकारले आमुललाई प्लान्ट खोल्न दिए आफुहरुले नेपालको सम्पूर्ण डेरी बन्द गर्ने चेतावनी दिएका हुन् । बिहिबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको बजेट छलफलमा भारतीय दुध उद्योगलाई नेपालमा प्लान्ट विस्तार गर्न नदिने अडान लिए ।

Advertisement

नेपालमा वार्षिक १७० मिलियन दुध उत्पादन हुने गरेको बताउँदै उनले भने, ‘नेपालले तीन वर्षमा दुधमा आत्म निर्भर हुने लक्ष्य लिएकोमा २ वर्ष वितिसकेको र अबको १ वर्षमा आत्मनिर्भर हुने चरणमा रहेको छ ।  सरकारले विदेशी डेरीलाई नेपाल प्रवेश गराएर नेपालीहरुको व्यवसाय खोस्न खोज्दै छ । यदि आमुलले नेपालमा प्लान्ट राख्न आयो भने सबै डेरी बन्द गरिदिन्छौ ।’

२० अर्ब लगानी भएको उद्योग बन्द हुँदा ४ लाख ५० हजार किसान मारमा पर्ने उनले भने । उनले केही समय अघि रामदेवको घिउले नेपालको उत्पादनलाई धरासायी बनाउन खोजेको स्मरण गराउँदै दुधमा पनि सोही अवस्था नआउनका लागि सरकारले आमुललाई स्वदेश भित्रिन नदिन भने ।

व्यवसायीलाई जवाफ दिदै अर्थ मन्त्रालयका राजस्व सचिव शिशिर ढुङ्गानाले अब नेपालका व्यवसायीहरुले विदेशी लगानीसँग डराएर उनीहरुलाई आउन नदिने भन्दा पनि आफुलाई प्रतिस्पर्धामा उतार्न सुझाव दिए ।  विदेशी लगानी भित्रन रोक्ने कुरा हुदैन, तपाईहरु आफुलाई प्रतिस्पर्धी बनाउन तयार रहनुस् ढुङ्गानाले भने ।

 

More News last news
Loading...