३३ किलो सुन प्रकरणः बयान दिन गएका एसएसपी लोहनी पक्राउ

मोरङ । महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालीन वरिष्ठ प्रहरी उपरीक्षक दिवेश लोहनीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

साढे ३३ किलो सुन तस्करी प्रकरण तथा सनम शाक्यको हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय मोरङमा बयान दिन पुगेका लोहनीलाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

साढे ३३ किलो सुन तस्करी प्रकरणको छानबिन समितिले महाशाखाका तत्कालीन एसएसपी लोहनीको भूमिकालाई शंकास्पद रहेको ठहर गरेको थियो ।

गृह मन्त्रालयका सहसचिव इश्वरराज पौडेलको नेतृत्वमा गठन भएको छानबिन समितिले लोहनीको भूमिका शंकास्पद रहेको बताएपछि उनी अपराध महाशाखाबाट प्रहरी प्रधान कार्यालय नक्साल तानिएका थिए ।

More News last news
Loading...