बिहे गरी गएको दुर्इ घण्टामै  बेहुलीको गोली हानी हत्या, बेहुलाका आफन्त पनि घाइते  

काठमाडौँ । भारतको उत्तर प्रदेश गाजियाबादकी महविश शुक्राबार बुलेका सात बजे माइतीघरबाट अन्मिएर घर पुग्न नपाउँदै संसारबाट बिदा हुनुपरेको छ।

लुटेराको एक समूहले राष्ट्रिय राजमार्गमा नव दुलहीलाई घर नपुग्दै गोली हानी हत्या गरिएको बताइएको छ ।राति ९ बजे उनको आफ्ना नयाँजीवनसाथी र केही नातेदारसँगै कारमा सवार हत्या भएको भारतिय मिडियाले उल्लेख गरेका छन् ।

लुटेराको आक्रमणमा परी बेहुलाका केही आफन्त पनि घाइते भएका छन् । महविशका माइती पक्षले यो घटनामा बेहुलापक्षलाई दोषी ठानेका छन्। महविशका माइतीले यसलाई एकतर्फी प्रेम भएको कुरा पनि अस्वीकार गरेको छ।

पुलिसले घटनाबारे अनुसन्धान सुरु गरिसकेको छ ।महविशका बावुआमाले यो केवल लुट्का लागि गरिएको घटना मात्र नभइ यसको पछाडि अरु कुनै कारण रहेको बताएका छन्। उनीहरुले बेहुलीलाई गोली हानिएपछि बचाउन चासो नदिएको भन्दै पुलिसमा उजुरी दिएका छन्।

 

More News last news
Loading...