पौडेलले गलाउन खोजेपनि देउवालाई सशांकको साथ !

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र यतिवेला सभापति शेरबहादुर देउवालाई रामचन्द्र पौडेल नेतृत्वको अर्को समूहले नेतृत्वबाट तत्काल हट्नुपर्नेसहितको दबाब दिईरहेको छ ।

चुनावी हारको जिम्मा नेतृत्व सभापतिले लिनुपर्ने पौडेल समूहको जिकिर छ । तर, सभापति देउवाले भने अहिलेसम्म हारको जिम्मा लिन मानेका छैनन् । बरिष्ठ नेता पौडेलले त सभपाति देउवाले तत्काल राजिनामा दिनुपर्ने बताउँदै आएका छन् ।

Advertisement

तर महामन्त्री डा. शशांक कोइराला भने यतिवेला सभापति देउवाको पक्षमा दृढ भएर उभिएका छन् । कोइरालाले चुनावी हारको जिम्मेवारी सबैले लिनुपर्ने अडान लिएका छन् ।

शनिबार बिहान ९ बजेका लागि तय भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्न नसकेपछी आइतबारलाई सरेको छ।

सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौलालगायतले महामन्त्रीले वैठकमा पेश गर्ने प्रस्तावमाथि सहमति खोज्न औपचारिक बैठक भने बसेको थियो। सहमति नबनेपछि आज औपचारि बैठक बस्न सकेन। चुनावी हारको समीक्षा गर्न चैत ९ गतेदेखि कांग्रेस बैठक जारी छ।

चुनावी हारको जिम्मा कसले लिने भन्ने विषयमा संस्थापन पक्ष र अरु नेताहरुबीच विवाद हुँदा बैठक लम्बिएको स्रोतको दाबी छ। नेता पौडेल, सिटौलालगायतले चुनावी हारको जिम्मा सभापतिले लिनुपर्ने बताउँदै आएका छन्।

तर सभापति देउवालगायत उनको पक्षका नेताहरुले चुनावी हारको जिम्मा सबैले लिनुपर्ने र पार्टीलाई थप सशक्त रुपमा अघि बढाउनुपर्ने अडान लिँदै आएका छन् ।

More News last news
Loading...