एजेन्सी । अमिताभ बच्चनको आउँदै गरेको चलचित्र १०२ नटआउटका कारण डी.लिट डिग्री पाउनबाट वञ्चित भएका छन्।
अमिताभलाई पहिले घोषणा गरे पनि पश्चिम बंगालको एउटा विश्वविद्यालयले उपाधि नदिने निर्णय गरेको छ ।
अमिताभ बच्चनले चलचित्र क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै विश्वभरका विभिन्न विश्वविद्यालयले मानार्थ उपाधि दिइरहेका छन्।
यसै क्रममा पश्चिम बंगालको एउटा विश्वविद्यालयले अमिताभलाई डी.लिटको उपाधि दिने घोषणा गरेको थियो ।
तर पश्चिम बंगालका राज्यपाल केशरीनाथ त्रिपाठीले बिग बी उपाधि ग्रहण गर्न विश्वविद्यालयमा उपस्थित हुन नसक्ने बताइपछि उनको नाम सूचीबाट हटाउन निर्देशन दिएका छन्।
अमिताभ बच्चन आफ्नो आउँदै गरेको १०२ नटआउट चलचित्रको प्रमोशनका लागि व्यस्त भएकाले कार्यक्रममा सहभागी हुन नसकेको बताइन्छ । अमिताभ बच्चन अभिनित चलचित्र १०२ नटआउट मे ४ मा सार्वजनिक हुँदैछ।
उमेश शुक्लाले निर्देशित गरेको यस चलचित्रमा १०२ वर्षका एक बाबु र ७० वर्षका छोराको कथा समेटिएको छ। चलचित्रमा ऋषि कपूर अमिताभको छोराको भूमिकामा देखिएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
