एजेन्सी । धेरै बालबालिकाहरु सकुल जान भनेपछि निकै दुःख मान्छन् । केही बालबालिकाले अनेक बहाना बनाउँछन्, नखरा देखाउँछन्।
तिनका अभिभावकले पनि छोराछोरीलाई गाली गर्छन् फकाउँछन् वा सम्झाउँछन् । तर चीनमा भने एक पिताले क्रुरताको सबै हद पार गरेका छन्।
मिडिया रिपोर्टका अनुसार यहाँ ती व्यक्तिले आफ्नी छोरीले स्कुल जान नमानेपछि उनलाई मोटरसाइकलको पछाडिको सिटमा बाँधेर स्कुल लिएर गएका छन्।
बालिकाले स्कुल जान नमानेपछि रिसको झोंकमा ती पिताले यस्तो गरेको बताइएको छ। रिसाएका पिताले बालिकालाई बाँधेर तीब्र गतिमा मोटरसाइकल चलाए।
यस क्रममा बालिका जोडजोडले रुँदै चिच्याउँदै रहिन् तर ती पिताले एक रत्ति पनि सुनेनन्।
यस्तो दृश्य देखेर केही मानिसहरुले उनको पिछा पनि गरे तर ती व्यक्ति रोकिएनन्। भिडियो भाइरल भएपछि प्रहरीले ती व्यत्तिःलाई खोज्यो । प्रहरीले अहिले ती व्यक्तिलाई चेतावनी दिएर छोडेको बताइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
