माईभ्याली गोल्डकप : आर्मीलाई हराउँदै मनाङ फाइनलमा

इलाम । मनाङ मस्र्याङदी क्लब इलाममा चलिहरेको चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

इलामको ठूलो टुडिँखेलमा शुक्रबार भएको खेलमा नेपाल आर्मीलाई १–० ले हराएर मनाङ उपाधिनजिक पुगेको हो । प्रतियोगितामा आर्मीले पाएका सुवर्ण अवसरलाई सदुपयोग गर्न नसक्दा मनाङसँग हार्नु परेको हो।

Advertisement

नेपाली राष्ट्रिय टिमका स्ट्राइकर अञ्जन विष्टले खेलको ५८ औँ मिनेटमा गोल गर्दै मनाङलाई फाइनलको यात्रा तय गराए। आजको खेलमा मनाङका अञ्जन विष्ट म्यान अफ् दी म्याच भएका छन् । उनले नगद १० हजार रुपैयाँ र चाँदीको मेडल प्राप्त गरेका छन्।

मनाङले उपाधिको लागि भोलि हुने थ्रिस्टार र एपीएफबीचको खेलको विजेतासँग खेल्नुपर्नेछ।

वैशाख १७ गतेसम्म संचालन हुने प्रतियोगितामा ३ विभागीय टिमसहित नेपाल, भारत र बंगलादेशका गरी १२ टिमको सहभागिता रहेको छ।

माईभ्याली फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताका विजेताले नगद ६ लाख ६६ हजार ६ सय ६७ र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

सर्वोत्कृष्ट खेलाडीले यामाहाको एउटा १५० सीसीको मोटरसाइकल प्राप्त गर्नेछन् भने सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

More News last news
Loading...