ढाकाबाट आएका बस धुलिखेल पुगे, बीबीआइएन सम्झौता कार्यानयन

काठमाडौं । झण्डै १२ सय किलोमिटर दूरी पार गर्दै बंगलादेशबाट दुई वटा यात्रुवाहक बस बिहीबार काठमाडौं हुँदै धुलिखेल पुगेका छन्।

बिहीबार बिहान चितवनको सौराहाबाट छुटेका बस काठमाडौं हुँदै धुलिखेल पुगेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सिनियर डिभिजनल इञ्जिनियर गोविन्दप्रसाद खरेलले जानकारी दिए।

Advertisement

उनका अनुसार बीबीआइएन सम्झौताअनुसार परीक्षणका रुपमा बस सञ्चालन गरिएको हो। बंगलादेश, भुटान, भारत र नेपालबीच सिधा यातायात सञ्चालन गर्न सन् २०१५ को जुन १५ मा बीबीआईएन मोटर भेहिकल सम्झौता भएको थियो।

बीबीआईएन सम्झौतालगत्तै एसियाली विकास बैंकले नेपाल, भारत, भुटान र बंगलादेश जोडिने सडकलाई एसियन हाइवेको रुपमा विकास गर्ने भन्दै स्तरोन्नती गरिरहेको छ।

More News last news
Loading...