काठमाडौँ । नेपाल विद्यार्थी संघले नेपाल टेलिकमको प्रिपेड सीम कार्ड वितरणमा गम्भीर त्रुटि भएको भन्दै त्यसलाई रोक्न आग्रह गरेको छ ।
नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा आज नेपाल टेलिकम पुगेका विद्यार्थीले नीतिगत भ्रष्टाचार भएको उल्लेख गर्दै ध्यानाकर्षण गराएको हो।
आन्तरिक क्षमता वृद्धि नगरी ग्राहक मात्र थप्नाले गुणस्तरीय नेटवर्क सेवा सुविधामा प्रभावकारिता नदेखिनु, पूर्वनेपालका क्षेत्रमा खासगरी पहाडी र हिमाली क्षेत्रमा नेटवर्कमा ठूलो समस्या देखिएको ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ।
त्यसैगरी पछिल्लो समयमा शुरु गरिएका समयसापेक्ष अपग्रेडेसन तथा सेवा विस्तार लथालिंग देखिएको र टेलिकममा अपारदर्शीता देखिएको नेविसंघले जनाएको छ।
नेविसंघका केन्द्रीय उपाध्यक्ष रामप्रसाद अधिकारीका अनुसार अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरलगायत काठमाडौँ उपत्यकाका क्याम्पसमा निःशुल्क प्रिपेड सीमकार्ड प्रचण्डको फोटो राखेर वितरण गरिएकोप्रति आपत्ति जनाएको छ।
नेविसंघले २४ घण्टाभित्र उक्त विषयमा छानबिन गरी उक्त कार्य खारेज गर्न आग्रह गर्दै अन्यथा टेलिकमविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
