काठमाडौं । भूकम्पले धरहरा ढालेको ठीक तीन बर्ष पुगेको दिन बुधबार धरहराको फदनजिकै मञ्च झकिझकाउ थियो।
झकिझकाउ मञ्चमा उभिएर प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरे, ‘मै बनाउँछु मेरो धरहरा, हरेक नेपालीको नारा।’
२०७३ फागुन ४ गते पनि ओलीले सोही स्थानमा उभिएर यस्तै घोषणा गरेका थिए, ‘म भन्छु हरेक नेपालीले बनाउँछ, एक-एक नेपालीले बनाउँछ, मै बनाउँछु धरहरा।’
ओलीले उही स्थानमा उस्तै गरी भाषण गर्दा समय भने दुई बर्ष तीन महिना बितिसकेको छ। तर यसबीचमा न ढलेको धरहरा बनाउन एउटा इँटा लगाइएको छ न त कसले बनाउने भन्ने टुंगो नै लागेको छ।
त्यही पनि ओलीले भने दुई बर्ष तीन महिना अघिको बाचा बिर्सेझैं गरी बुधबार फेरी भन्न भ्याइहाले ‘म इँटा बोक्न आउनुपर्छ भने खर्पन लिएर आउनुपर्छ कि डोको लिएर, म आउन तयार छु।’
जसरी ओलीको बोली फेरिएको छैन भूकम्पले लडाएको धरहराको स्वरुप तीन बर्ष बितिसक्दा समेत फेरिन सकेको छैन। – नागरिक दैनिक
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
