ट्विटर सेलिब्रीट्री बाबुरामको ओलि सरकारलाई कडा ब्यङ्ग !

नुवाकोट । पुर्वप्रधानमन्त्री एवम नयाँशक्ती पार्टिका संयोजक बाबुराम भट्टराईलाई सामाजिक सन्जालका सेलिब्रीटी मान्दा अतिशयोक्ती नहोला ।

उनि जती ओजिला अभिब्यक्ती फेसबुक/ट्विटरमा दिन्छन्, त्यती नै उनका अभिब्यक्तिलाई अनलाईन सन्चारमाध्यम र सामाजिक सन्जालका प्रयोगकर्ताहरुले भाईरल पनि बनाईरहेका छन।

Advertisement

आज बैशाख १२ अर्थात महाभुकम्प गएको दिन । यसै मेसोमा भनेजसरि पुनर्निर्माण नभईरहेको प्रसंगलाई उनले सामाजिक सन्जालमा उठाएका छन । तीनवर्ष बित्दा पनि भत्किएका घर एवं संरचना बन्न नसक्नु राष्ट्रिय लज्जाको विषय भएको बताएका छन।

उनले सरकार र प्रधानमन्त्रीले कुनै लज्जाबोध नगरी ‘मेरो धरहरा मेरो गौरव’ भन्दै डम्फु बजाउनु त झन् टाउकाको ओखती नाइटामा लगाएजस्तो भएन भनेर ब्यङ्ग्य गरेका छन्।

उनले ट्वीटरमार्फत लेखेका छन्, ‘विनाशकारी भूकम्पको तीन बर्षपछि ७ लाख भत्किएका घर र अन्य संरचनामध्ये दुइतिहाइ अझै बन्न नसक्नु राष्ट्रिय लज्जाको विषय हो ! तर सरकार र प्रम कुनै लज्जाबोध नगरी ‘मेरो धरहरा मेरो गौरव’ को डम्फु बजाउन लाग्नु त झन् टाउकाको ओखती नाइटामा लगाए जस्तो भएन र ?’

More News last news
Loading...