उकालो लाग्यो सुनको मूल्य, कति छ आजको बजारभाउ ?

काठमाडौं । बजारमा सुनको मूल्य आज फेरि उकालो लागेको छ। आज सुन तोलामा दुई सय बढ्दै प्रतितोला ५९ हजार रुपैयाँ पुगेको छ।

हिजो मंगलबार मात्रै सुन प्रतितोला ५९ हजार रुपैयाँबाट दुई सय रुपैयाँ घटेर ५८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

सुनको मूल्य बढेपनि आज चाँदीको मूल्य भने स्थिर छ। आज पनि चाँदी सात सय ६५ रुपैयाँमा नै कारोबार भइरहेको छ।

चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

More News last news
Loading...