काठमाडौं । चलचित्र निर्माता संघ नेपालले चलचित्रको ब्यवसायबाट भएको आम्दानीको ७० प्रतिशत निर्माता तथा बितरकको हकमा ३० हुनुपर्नेमा जोड दिएको छ।
चलचित्रको आम्दानी प्रदर्शक र निर्माताबीच चित्त बुझ्दो बाँडफाड नभएको भन्दै संघले यो कुरो अघि सारेको हो ।
संघले एक बिज्ञप्ती जारी गर्दै ७० प्रतिशत निर्माता र ३० प्रतिशत हलको हकमा नभएसम्म प्रदर्शनको बिरुद्ध जारी रहेको निर्माताहरुको आन्दोलन कायम रहने जनाएको छ । संघले आकाश अधिकारी अध्यक्ष रहेको नेपाल चलचित्र निर्माता संघले इ–टिकटिङ्ग लागु गर्ने भनेर घुमाइ फिराइ निर्माताहरुलाई अन्योलमा पारेर हलवालालाई सम्पुर्ण अधिकार सुम्पन्न लागेको आरोप समेत लगाएको छ।
‘नेपाल चलचित्र निर्माता संघ नेपालले इ–टिकटिङ्ग लागु गर्ने भनेर घुमाइ फिराइ घुमाइ फिराइ सम्पूर्ण निर्माताहरुलाई अन्योलमा पारी यो विषय केवल हल व्यवसायिको पोल्टामा सुम्पने योजना र नियत रहेको स्पष्ट रुपमा देखिन आयो’ संघका महासचिव बिमल पौडेलद्धारा बिज्ञप्तीमा अगाडी भनिएको छ, ‘यो धक्काले निर्मातालाई अझ डुबाउने र खाडलमा हाल्ने प्रवृत्ति र प्रकृति छर्लङ्ग देखिन आयो । यसले निर्माताको भविष्य अँध्यारो तिर जादैछ भनी हामी किटानका साथ भन्न सक्दछौ ।’
चलचित्र निर्माता संघ नेपाल, नेपाल निर्माता संघ नेपालबाट असन्टुष्ट निर्माता हरुको समुह हो । यो संघको नेतृत्व कलाकार तथा निर्माता नवल खड्काले गरिरहेका छन् ।
प्रेस विज्ञप्ती
मिति : २०७५/०१/१०
आम नेपाली चलचित्र निर्माताहरुका पक्षमा अहोरात खटी निर्माताको पक्षमा सधै संघर्षमा अगाडी बढी रहेको यस चलचित्र निर्माता संघ नेपाल सम्पूर्ण निर्माता तथा राज्यलाई सजग रहने गरी यो प्रेस विज्ञप्ती जारी गर्दछ । प्रथमतह २०७५/०१/०८ गते नेपाल चलचित्र निर्माता संघले आयोजना गरेको ‘बृहत छलफल कार्यक्रम’ मा नेपाली चलचित्र विकास र प्रवद्र्धन गर्न निरन्तर खटिएका पत्रकार मित्रहरु र चलचित्र मिडियाहरुलाई कार्यक्रम संचालन पछि तत्काल हलबाट बाहिरीन बाध्य बनाएकोमा हाम्रो संघ तिव्र रुपमा विरोध गर्दछ । जुन हामीहरु र पत्रकारहरुको सम्बन्ध नङ र मासुको हुनुपर्छ भनी विचार राख्दछौ । त्यस विचार प्रति घात भएको हामी सम्झन्छौ, किनकी चलचित्र विषयको बृहत छलफलको प्रतिफल प्रत्यक्ष रुपमा जनमानस र राज्यको बिचमा पुग्नु पर्ने ठोस विषयमा अवरोध बन्न पुग्यो ।
प्रत्यक्ष रुपमा अर्काे विषय हामीले यो देख्यौ कि उक्त कार्यक्रमको आयोजक समितिका (नेपाल चलचित्र निर्माता संघ) अध्यक्ष स्वयम्ले निर्माताहरुको बिचमा आफ्नो रेड स्टुडियो तथा व्यक्तिगत सरोवरको व्यापक व्यवसायिक प्रचार–प्रसार गरेको पाइयो । जुन विषय अध्यक्ष स्वयमले उठाएको व्यवसायिक प्रचार बाजी हो । जुन विषय अध्यक्ष स्वयम्ले उठाएको व्यवसायिक विषयको हामी चलचित्र निर्माता संघ नेपाल घोर भ्रत्सना गर्दछौ ।
यसै गरी अर्काे ठूलो विषय बक्स अफिसको थियो । त्यो केवल इ–टिकटिङ्गमा मात्र सिमित रही लागु गर्ने र घुमाइ फिराइ सम्पूर्ण निर्माताहरुलाई अन्योलमा पारी यो विषय केवल हल व्यवसायीको पोल्टामा लगि सुम्पने योजना र नियत स्पष्ट रुपमा देखिन आयो । यो धक्काले निर्मातालाई अझ डुबाउने र खाडलमा हाल्ने प्रवृत्ति र प्रकृति छर्लङ्ग देखिन आयो । यसले निर्माताको भविष्य अँध्यारो तिर जादैछ भनी हामी किटानका साथ भन्न सक्दछौ । सम्पूर्ण निर्माता साथीहरु सचेत रहनु होला ।
अर्काे महत्वपूर्ण विषय एउटा ठूलो आन्दोलन र आमरण अनशनबाट प्राप्त भएको राष्ट्रिय चलचित्र निती २०७१ नै ओझेलमा पार्ने दुशप्रयास प्रत्यक्ष देखिन आयो । यसमा हाम्रो संघ राज्यलाई नै सर्तक रहन यसै प्रेस विज्ञप्ती मार्फत झकझकाउन चाहन्छौ ।
अब हामी आर्थिक विषयतर्फ जान जान्छौ । बक्स अफिसको सफ्टवेयर निर्माणका लागि राज्यले चलचित्र विकास बोर्डलाई दिइने रकम र खास सफ्टवेयरका लागि निर्माण गर्न खोजिएको रकम बिचको दुरीको विषयमा आम निर्माता तथा राज्यलाई सुक्ष्म तवरले अध्ययन गर्न र गराउन पर्छ भने विचार राख्दछौ ।
अर्काे महत्वपूर्ण विषय जुन किसिमबाट हाम्रा दुई निर्माता संघको छलफल र सहमति भए अनुरुप संस्थागत सहकार्य र सह–अस्तित्वलाई स्वीकार नगरेको सम्पूर्ण निर्माताहरुलाई जानकारी भएको र हुनका लागि हामी विनम्र अनुरोध गर्दछौ ।
व्यवसायिक विषयमा हाम्रो संघको भिन्न अवधारणा छ ।
पहिलो हाम्रो यो हुनेछ, अत्याधुनिक र वैज्ञानिक सफ्टवेयर जडित बक्स अफिसको, निर्माता अपरिहार्य तथा व्यवसायमा ७० प्रतिशत निर्माताको हकमा र ३० प्रतिशत हलको हकमा रहनु पर्छ भन्ने अडानका साथ निरन्तर आन्दोलनलाई निर्णायक बिन्दुमा पु-याउने प्रण गर्दै हाम्रा निर्माताको पक्षमा उठाइने मुद्दा र आन्दोलनका विषयहरुलाई पत्रकार साथी र मिडियाको बिचबाट सम्पूर्ण नेपाली चलचित्र प्रेमी तथा जनमानस र राज्यको बिचमा पु-याउन निर्माताहरुलाई सूचित गर्दै यस्ता प्रवृत्तिलाई खबरदारी गर्दै यो प्रेस विज्ञप्ती आजका मितिमा जारी गरिएको छ ।
महासचिव
विमल पौडेल
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
