आज सुनको मूल्य घट्यो, यस्तो छ बजार भाउ

काठमाडौं । बजारमा दुई दिनसम्म स्थिर रहेको सुनको मूल्य आज ओरालो लागेको छ । आज सुन तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला ५८ हजार ८ सय रुपैयाँ कायम भएको छ । सुन हिजोसम्म ५९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ घट्दै प्रतितोला साय ६५ रुपैयाँमा झरेको छ । चाँदी हिजो प्रतितोला सात सय ८० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

More News last news
Loading...