काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ १३ पैसा र विक्रिदर २८ रुपैयाँ २९ पैसा रहेको छ।
त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ९७ पैसा र विक्रिदर २९ रुपैयाँ १४ पैसा छ।
युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ७२ पैसा र विक्रिदर २८ रुपैयाँ ८९ पैसा तोकेको छ। मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ०७ पैसा र विक्रिदर २७ रुपैयाँ २२ रहेको छ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८५ पैसा र विक्रिदर ९ रुपैयाँ ९१ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३ सय ५१ रुपैयाँ ४९ पैसा छ भने विक्रिदर ३ सय ५३ रुपैयाँ ४९ पैसा रहेको छ।
बहराइन दिनार एकको खरिददर २ सय ७९ रुपैयाँ ७७ पैसा र विक्रिदर २ सय ८१ रुपैयाँ ३६ पैसा रहेको छ। नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
