काठमाडौँ । एमाले र माओवादीका अध्यक्ष केपी ओली र प्रचण्डले संयुक्त सम्बोधन गर्ने कार्यक्रम रहेको काठमाडौँको राष्ट्रिय सभागृहमा तनावको स्थिती सिर्जना भएको छ ।
माओवादीका कार्यकर्ताले संयुक्त सम्बोधनका लागि तयार पारिएको ब्यानरमा असहमति जनाउदै हो हल्ला हल्ला गरेपछि तनाव भएको हो । कार्यक्रम सुरु हुनुभन्दा केही समय पहिले माओवादीको भातृ संगठनले आपत्ती जनाएका थिए ।
ब्यानरमा माओवादी केन्द्रलाई ‘माके’ लेखिएको भन्दै आफ्नो पार्टीको अपमान गरिएको भन्दै कार्यक्रम शुरु हुन अघि उनी मञ्चमा गएर सम्बोधन गरेपछि माओवादी कार्यकर्ताहरुले त्यसमा समर्थन जनाउँदै हुटिङ गरेका थिए ।
यतिबेलासम्म प्रधानमन्त्री केपी ओली लगायत शीर्ष नेताहरु मञ्चमा आइपुगेका थिएनन् । त्यसपछि ब्यानरलाई त्यहाँबाट हटाएर उल्टो पारेर राखेपछि मात्र माओवादी कार्यकर्ताहरु शान्त बनेका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
