काठमाडौं । विभिन्न कार्यक्रमहरुमा अमेरिका पठाइदिने भन्दै करिब ३ सय भन्दा बढीलाई ठगी गर्ने महिला सशक्तिकरण नामक संस्थाकी अध्यक्ष सुधा बस्नेतसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
उनीहरूले ३ सय भन्दा बढीबाट १० करिब करोड रूपैयाँ उठाएर ठगी गरेको महानगरीय प्रहरी परिसर काठमाडौं प्रहरीले जनाएको छ ।
‘ओमेन्स ड्रिम्स व्यूटी एण्ड मल्टी सर्भिस’ नामको सामाजिक संस्थाको नाममा विभिन्न कार्यक्रम गर्दै आएको र पीडितलाई अमेरिका पठाईदिने भन्दै उनीहरूले प्रलोभन देखाएर ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
सोही कम्पनी मार्फत उनीहरुले विभिन्न महिला सम्बन्धी सामाजिक कार्यहरु गर्दै आएका थिए।
काठमाडौंको बालुटारमा कार्यालयनै खोलेर उनीहरुले विभिन्न कार्यक्रममा अमेरिका पठाईदिने भन्दै रकम उठाए पनि कागजमा भने सापटी लिएको देखाएको प्रवक्ता थापाले जानकारी दिए।
उनका अनुसार अहिले ६ जना पीडितहरू सम्पर्कमा आएको र अन्य पनि आउने क्रममै रहेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
